लालबन्दी–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको १२ स्मृती दिवस लालबन्दीमा मनाइएको छ ।
शुक्रबार नरबहादुर कर्मचार्य स्मृती प्रतिष्ठान सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका–१६, परवानीपुरमा स्मृती दिवस मनाइएको हो । वडा कार्यलयको सभाहलमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य अच्युतम काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष तथा पार्टीका हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्तको अध्यक्षतामा आयोजित कार्यक्रमका वक्ताहरूले कर्मचार्यको योगदानको चर्चा गरे । उनले कम्युनिष्ट पार्टी स्थापनामा पुर्याएको योगदान अतुलनीय रहेको वक्तारहरूको भनाई थियो । नेता कर्मचार्यको तस्बिरमा अबिर र माला लगाएर श्रद्धासुमन प्रकट गरिएको कार्यक्रम सञ्चालक कृष्ण गौतमले जानकारी दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सावित्रा बुढाथोकी, वैकल्पिक केन्द्रिय सदस्य तथा हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी, पार्टीका वैकल्पिक सदस्य लुमडी धिमाल, नेकपा(एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष सुरेन्द्र लामा, निर्मल लामा स्मृती प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर थापा, पुष्पलाल स्मृती प्रतिष्ठानका अध्यक्ष उद्धव पाठक, लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरख बल, १६ का वडाध्यक्ष गणेश थापा, ८ का वडाध्यक्ष शुक्र लामा लगायतको आतिथ्यता रहेको थियो ।

