ब्रहम्पुरी–सर्लाहीको ब्रहम्पुरीमा स्कुल बसले किचेर एक बालिकाको मृत्यु भएको छ ।
सोमबार साँझ ब्रहम्पुरी गाउँपालिका–७, मोहनगंजमा म.प्र.०३–००१ क २५४२ नम्बरको स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी छोरी ५ वर्षकी आशिका महतोको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा पढ्ने छात्रा महतोलाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकालाई ओर्लिएपछि बसको पछाडिको चक्काले किचेर गम्भिर घाइते बनाएको थियो । घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । मृतक बालिकाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
घटना लगतै फरार बस चालकलाई भने खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

