Friday, April 10, 2026

सर्प दंशबाट बागमतीमा महिलाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

बागमती– विषालु सर्पको डसाइबाट सर्लाहीको बागमतीमा एक महिलाको मृत्यु भएको छ । 

आइतबार बागमती नगरपालिका–११, निवासी बागलाल स्यांतानकी श्रीमती ३६ वर्षकी मुना राईको सर्पको डसाइबाट मृत्यु भएको हो । राईलाई बिहान करेसा बारीमा तरकारी टिप्ने क्रममा पहिचान नभएको बिषलु सर्पले डसेको थियो ।
सर्पको डसाइबाट घाइते राईलाई आफन्तले लालबन्दी नगरपालिका–१, स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए । अवस्था गम्भिर बनेका कारण उपचार सम्भव नभएपछि उनलाई जनकपुर रिफर गरिएको थियो । जनकपुर पुर्याउने बित्तिकै राईलाई चिकित्सकले मृत घोषणा गरेका परिवारले जनाएका छन ।

स्थानीय स्तरमा रहेको लालबन्दी स्थित सर्पदंश उपचार केन्द्रमा आइसीयु र भेन्टिलेटर सञ्चालन गर्ने चिकित्सक नहुँदा गम्भिर विमारीलाई अन्यत्र रिफर गर्नु परेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । यसरी जोखिम पूर्ण अवस्थामा विमारी अन्यत्र रिफर गर्दा बाटोमा ज्यान जाने क्रम बृद्धि केन्द्रका चिकित्सक यादवको भनाई छ ।

लालबन्दीमा रहेको उपचार केन्द्रमा सघन उपचार कक्ष भएपनि उपकरण चलाउने चिकित्सक नहुँदा सर्पले डसेका गम्भिर विमारीलाई अन्यत्र पठाइने गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles