Friday, April 10, 2026

लालबन्दीमा टिफरको ठक्करबाट किशोरको ज्यान गयो

ताजा / भरखरै प्राप्त

लालबन्दी–टिफरको ठक्करबाट सर्लाहीको लालबन्दीमा एक किशोरको ज्यान गएको छ । 

बुधबार लालबन्दी नगरपालिका–५, मेजरगञ्जमा टिफरको ठक्करबाट कबिलासी नगरपालिका–८, अगर्वा घर भइ मेजरगञ्ज बस्ने अन्दाजी २० वर्षका सचिन साहको मृत्यु भएको हो । घर नजिकै टिउसन पढेर घर फकर्दै गरेका साहलाई भित्री सडक खण्ड अन्तरगत जब्दीबाट लालबन्दी आँउदै गरेको ना २ क ५०१ नम्बरको टिफरले ठक्कर दिएको थियो । 

टिफरको ठक्करबाट गम्भिर घाइते भएका किशोरलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । मृतक किशोरको सव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको छ । 

यता लापरवाही पूर्ण ढङ्गले टिफर चलाएर ठक्कर दिई किशोरको हत्या गरेको पीडित परिवारको आरोप छ । टिफरको ठक्करबाट घटनास्थलमै मृत्यु भएका किशोरलाई घाइते भनेर सुरक्षाकर्मीले सव प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको भन्दै पीडित परिवार आक्रोशित बनेका थिए । दुर्घटना पछि आक्रोशित स्थानीयले टिफरमा आगो लगाइदिएका थिए । 

आगलागीबाट टिफरको अगाडिको पूर्ण रुपमा जलेको छ । टिफरमा लगाएको आगो प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटना लगतै फरार रहेका टिफर चालकको खोजी भइरहेको जनाएको छ ।
यता पीडित परिवारले भने, दुर्घटनामा निष्पक्ष छानविन गरी लापरवाही गर्ने चालकलाई कडा कारवाही तथा पीडितलाई राहत नदिए सम्म सव नबुझने बताएका छन । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles