ब्रहम्पुरी–सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको ब्रहम्पुरी गाउँपालिका–४, स्थित प्रहरी चौकी त्रिभुवननगरको गेटमा चेक जाँचका क्रममा प्रहरीले लागू औषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२४, घर भएका जित बहादुर विश्वकर्माका अन्दाजी १९ वर्षका छोरा अनिष विश्वकर्मा र धन बहादुर परियारका अन्दाजी १९ वर्षकै सन्देश परियार रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको हो ।
उनीहरु मधेश प्रदेश ०३–००१ ह २२२१ नम्बरको यात्रुवाहक टेम्पुमा बसेर त्रिभुवन बजारबाट भेल्ही तर्फ आँउदै गर्दा पक्राउ परेका हुन । प्रहरीले टेम्पो रोकेर चेक जाँच गर्दा उनीहरु दुवै जनाको साथबाट नाईट्राजेपाम–१० लेखेको ५÷५ पत्तामा ५०÷५० ट्याब्लेट लागू औषध बरामद भएको जनाएको हो । त्यसपछि प्रहरीले उनीहरूले बोकेको ब्याग समेत खानतलासी गरेको थियो ।
त्यस क्रममा उनीहरूले ल्याएको रातो रङ्गको कपडाको झोलाबाट सोही लागू औषध ११० पत्तामा ११ सय ट्याब्लेट बरामद भएको हो । बरामद १२ सय ट्याब्लेट लागू औषध नाइट्राजेपाम सहित जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको हो ।

