Saturday, November 8, 2025

हरिवनको बलटोलमा गुम्बा शिलान्यास

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन– सर्लाहीको हरिवन नगरपालिका स्थित बलटोलमा गुम्बा शिलान्यास गरिएको छ ।

शनिबार हरिवन नगरपालिका–१०, बलटोलमा देछेन थार्पालिङ गुम्बाको शिलन्यास गरिएको हो । वडा अध्यक्ष शम्भु प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा प्रमुख लामा दोर्जे मोक्तानले बौद्ध धर्म अनुसार पूजापाठ गरी गुम्बाको शिलान्यास गरेका हुन । गुम्बाको लागि बागमती नगरपालिका–१, आदर्शचोक निवासी स्थानीय समाजसेवी फुर्व बल तामाङले एक कठ्ठा जग्गा दान गरेका थिए ।

गुम्बाको निर्माणका लागि प्रदेश सरकारबाट समेत बजेट विनियोजन भैसकेकाले अब छिट्टै निर्माण कार्य सम्पन्न हुने देछेन थार्पालिङ गुम्बा निर्माण समितिले जनाएको हो । गुम्बालाई आधिकारिक रुपमा दर्ता गर्ने आवश्यक प्रक्रिया समेत पूरा गरेको समितिले जनाएको छ । कार्यक्रममा जग्गादाता व्यवस्थापन समितिका पदाधिकारी शिक्षक समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles