Tuesday, February 10, 2026

सर्लाहीको ईश्वरपुरमा आगलागीबाट धनमाल क्षति

ताजा / भरखरै प्राप्त

सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित चिरान टोलमा भएको आगलागीबाट धनमाल जलेर क्षति भएको छ । 

मङ्गलबार ईश्वरपुर नगरपालिका–५, चिरान टोलका नइम खाँ पठानको गोठमा आगो लागेको थियो । आगलागीबाट गोठ, गोठमा रहेको काठपात, पशु वस्तुको लागि राखेको दाना जलेर नष्ट हुनुका साथै एउटा भैँसी र एउटा पाडी जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

गोठमा भुसुना धपाउन बालेको घुरबाट गोठमा आगो सल्किएको प्रहरीको अनुमान छ । आगलागीबाट दुई लाख २४ हजार मूल्यबराबरको धनमालमा क्षति पुगेको इलाका प्रहरी कार्यालय केश्वरगञ्जले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बताए । 

आगो स्थानीयको उपस्थितिमा नियन्त्रणमा आएको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles