Sunday, April 12, 2026

मोक्तानको अध्यक्षतामा नेपाल तामाङ घेदुङ मधेश प्रदेश कमिटी चयन

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनमा सम्पन्न नेपाल तामाङ घेदुङ मधेश प्रदेशको दोस्रो अधिवेशनले सन्जिव मोक्तानको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।

नेपाल तामाङ घेदुङ मधेश प्रदेशको शनिबार हरिवन नगरपालिका–११, स्थित सम्राट पार्टी प्यालेसमा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनको बन्द सत्रले सर्लाहीको हरिवन निवासी मोक्तानको अध्यक्षमा सम्पूर्ण कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको अध्यक्षतामा सम्पन्न अधिवेशनको संघीय अध्यक्ष मोहन गोलेले उद्घाटन गरेका थिए ।

घेदुङको नवगठित प्रदेश कार्य समितिको उपाध्यक्षमा बाराका सुनमाया लोप्चन, पर्साका अष्टबहादुर लोप्चन र धनुषाका चन्द्रबहादुर मोक्तान, महासचिवमा रौतहटका बालकुमार रुम्बा, सचिवमा महोत्तरीका कृष्णकुमार तामाङ, सर्लाहीका रीता ब्लोन र कोषाध्यक्षमा सप्तरीकी सरिता योन्जन चयन भएका छन् । नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई राति नै निर्वाचन आयुक्त कुमार घिसिङले शपथग्रहण गराएका थिए ।

उद्घाटन समारोहमा घेदुङका सह–अध्यक्ष कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष धर्म डुमजन, सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान लगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles