बागमती–नेकपा माओवादी केन्द्र बागमती नगरपालिका–१, को वडा कमिटी अध्यक्षमा कुमार बुढाथोकी चयन भएका छन् ।
शनिबार बागमती नगरपालिका–१, मिलनचोकमा सम्पन्न वडा अधिवेशनले बुढाथोकीको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको हो । पार्टीको वैकल्पिक केन्द्रिय सदस्य तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रदेश सांसद जवाहरलाल कुशवाह लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
भेलाबाट वडा कमिटीको उपाध्यक्षमा कपिल चौलागाईँ र फुलमाया वाइबा, सचिवमा दुर्गा बहादुर भुजेल, कोषाध्यक्षमा रमेश भुजेल, सहसचिवमा शान्ति विक्रम बराल चयन भएका छन् । भने, अन्य सदस्यमा चयन भएका कार्यक्रम सञ्चालक युवराज मैनालीले जानकारी दिए । अधिवेशनको उद्घाटन समारोहमा मिलनचोक युवा क्लबका भलिबल खेलाडी मन्दिप रानामगर, उक्त वडाका विभिन्न विद्यालयका उत्कृष्ट छात्रछात्रा र खेल प्रशिक्षक सहिद परिवार सँगै पार्टीलाई विगत देखी निरन्तर सहयोग गर्दै आएका पुराना नेताहरूलाई समेत सम्मान गरेको कार्यक्रम सञ्चालक मैनालीले जानकारी दिए ।
कार्यक्रममा पार्टीका जिल्ला नगर कमिटी अध्यक्ष कुमार तुम्सिङ, सचिव हरि खड्का, बागमती–१, का वडाध्यक्ष गम्भिर सिंह पाख्रिन, वडा नम्बर २ का बाबु बल लगायतको आतिथ्यता रहेको थियो । अधिवेशनको अवसरमा नेकपा एमाले परित्याग गरी ५ दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका पार्टीले दावी गरेको छ ।

