Saturday, November 8, 2025

पुलबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु

ताजा / भरखरै प्राप्त

सर्लाहीको बरहथवामा पुलबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ । 

मङ्गलबार बिहान बरहथवा नगरपालिका–१७, कटानीमा पुल नजिकैबाट मोटरसाइकल खस्दा चालक मलङ्गवा नगरपालिका–४, बस्ने ३५ वर्षका घनश्याम रायको मृत्यु भएको हो । राय सवार ना ४६ प २८२० नम्बरको मोटरसाइकल बरहथवाको कटानी–कडरिया सडक खण्ड स्थित पुल नजिकै दुर्घटनामा परेको थियो । 

आफै अनियन्त्रित मोटरसाइकल पुल नजिकैबाट २÷३ मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा पर्नु भएको रायको टाउको, निधार र आँखा माथि गहिरो चोटलागेको थियो । उहाँलाई भेनस अस्पताल बरहथवामा सामान्य उपचार पछि बारा पु¥याइएको थियो ।

एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा रायलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनु भयो । मृतकको शव अस्पतालमै राखिएको छ । भने, मोटरसाइकल नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गरिरहेको उहाँको भनाई छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles