सर्लाहीको ईश्वरपुर स्थित फुलजोर चोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी हवल्दार घाइते भएका छन् ।
मङ्गलबार ईश्वरपुर नगरपालिका–५, स्थित फुलजोर चोकमा लालबन्दीबाट पूर्व जाँदै गरेको ना १ क ८५२० नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा भारतीय नम्बर प्लेट बिआर ०१ एफजे ६९६१ मा सवार वतन नखुलेको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत अन्दाजी २५÷३० वर्षका प्रहरी जवान मीन बहादुर दानी घाइते भएका हुन ।
घाइते प्रहरी जवान दानीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय फुलजोरले जनाएको छ । उनको लालबन्दी स्थित मोडल अस्पतालमा उपचार पछि थप उपचारको लागि अन्यत्र रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीले टिपर चालक र दुवै सवारी नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गरिएको जनाएको छ ।

