Wednesday, February 18, 2026

वाईसियलको सर्लाही अध्यक्षमा श्रेष्ठ चयन

ताजा / भरखरै प्राप्त

सर्लाही–नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिष्ट लिग वाईसियलको सर्लाही जिल्ला अध्यक्षमा घमराज श्रेष्ठ (राजकुमार) चयन भएका छन । 

बुधवार बागमती नगरपालिका सभाहलमा सम्पन्न तेस्रो जिल्ला सम्मेलन मार्फत श्रेष्ठ जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । निवर्तमान अध्यक्ष नरेश ग्राङ्जा मगरको अध्यक्षता तथा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ६५ सदस्य जिल्ला कमिटी गठन गरेको हो । 

कमिटीको उपाध्यक्षहरूमा हेमराज पौडेल, डम्बर लामा र नितेश कुमार यादव, चयन भएका छन् । भने, सचिवमा राजकुमार बोहोरा (भोजराज), सहसचिवद्वयमा उमेश साह(फकिरा) र निरञ्जन राय, कोषाध्यक्षमा सिता चौधरी र अन्य सदस्यमा चयन भएका नवनिर्वाचित सचिव बोहोराले जानकारी दिए ।

सम्मेलनमा वैकल्पिक केन्द्रिय सदस्य लुमडी धिमाल(लोचन), वाईसियलका  केन्द्रिय सचिव समिर बराइली लगायत माओवादी केन्द्रका जिल्ला स्तरीय नेता तथा वाईसियलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सम्मेलनमा भर्खरै सम्पन्न लालबन्दी नगर कमिटीको अधिवेशनबाट चयन भएका नगर कमिटीका पदाधिकारीहरूलाई समेत खादा र अबिर लगाएर सम्मान गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles