Wednesday, February 18, 2026

अखिल नेपाल यातायात मजदुर सङ्घ सर्लाही अध्यक्षमा खड्का चयन

ताजा / भरखरै प्राप्त

बागमती– नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल यातायात मजदुर सङ्घ सर्लाहीको अध्यक्षमा गौतम खड्का चयन भएका छन ।

आइतबार बागमती नगरपालिका–४ स्थित भरत ताल परिसरमा आयोजित संघको तेस्रो जिल्ला भेलाले खड्काको अध्यक्षतामा २१ सदस्य समिति गठन गरेको हो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको समितिका निवर्तमान अध्यक्ष भगवान सापकोटाले जानकारी दिए ।

भेलाले बरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्षमा मिन बहादुर थिङ्ग, सचिवमा विनोद रेग्मी, कोषाध्यक्षमा कमल निरौला, सहकोषाध्यक्षमा आकाश गुरुङ, सदस्यहरूमा रामकुमार थापा, कृष्णबहादुर खड्का, विनोद रसाइली, ज्ञानबहादुर कुशवार, नारायण थापा, सन्तोष रसाइली मगर, राम पुकार बोट, किरण रानाभाट, सुधामा रौनियार, कुस्मी देवी दाश, रेखा दाश, सेती माया लगायत चयन भएका छन । 

यसैबीच सोही भेलाले अखिल नेपाल यातायात मजदुर सङ्घ बागमती नगरपालिका भरत ताल जल यातायात इकाई समेत गठन गरेको छ । सङ्घको पहिलो इकाई भेलाले भरत ताल जल यातायात इकाई समिति गठन गरेको हो । हेम बहादुर थापाको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको हो । 

कमिटीको उपाध्यक्षमा ज्ञानु माझी, सचिवमा बाबुलाल मोक्तान, सहसचिवमा सन्तोष रसार्ईली, कोषाध्यक्ष निशान श्रेष्ठ, सदस्यहरूमा रामबहादुर गोले, भरत ठाडा मगर, अशोक कुशवार, बादल रसाइली, राम मगर, बादल गुरुङ, भक्त लो र बुद्ध लामा चयन भएका छन् । 

यस्तै आजैको भेलाले अखिल नेपाल अटो तथा विद्युतीय रिक्सा मजदुर संघ समेत गठन भएको छ । भेलाले जय किशोर दाशको अध्यक्षतामा १३ सदस्य बागमती नगर इकाई कमिटी गठन गरेको हो । भेलाले इकाई कमिटीको उपाध्यक्षमा देवन बम्जन, सचिवमा राजेन्द्र प्रसाद गौतम, कोषाध्यक्षमा चन्द्रबहादुर मगर र सदस्यहरुमा उत्तर बहादुर विश्वकर्मा, प्रकाश राना, ओमराज बल, कौशल दाश, सुतिल लोप्चन, टेक बहादुर थिङ, हर्क बहादुर थिङ, सानु वाइबा, राजन सुईयाल मगर चयन भएका अखिल नेपाल यातायात मजदुर सङ्घ जिल्ला कमिटी अध्यक्ष खड्काले जानकारी दिए । 

आजै सम्पन्न भेलाले चेत प्रसाद गौतमको अध्यक्षतामा १३ सदस्य बागमती नगर स्तरीय अखिल नेपाल फोटोग्राफी मजदुर संघ समेत गठन गरेको छ । संघको नव गठित कमिटीको उपाध्यक्षमा जिवस वाइबा, सचिवमा विके मण्डल, कोषाध्यक्षमा आयुष राई, सहसचिव तुफान वाइबा, सदस्यहरूमा आशिष लामा, सुयन साह, सोहन दाश, सुमित वर्णवाल, निश्चल श्रेष्ठ, शिवा साह, शंकर पाख्रिन र भरत घिसिङ चयन भएका छन् ।  

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह, अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रिय सचिव अर्जुन चिमोरिया, प्रदेश अध्यक्ष केदार देव, प्रदेश इन्चार्ज, रमेश गुरुङ, केन्द्रिय सदस्य खड्गराज तामाङ, माओवादी केन्द्रका बागमती नगर कमिटी सचिव हरि खड्का, बागमती नगरपालिकाकी कार्यवाहक उपमेयर रुपा बम्जन, सन्देश श्रेष्ठ लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक विनोद रेग्मीले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles