Tuesday, February 10, 2026

२४ हजार नक्कली नोट सहित दुई युवक पक्राउ

ताजा / भरखरै प्राप्त

पर्सा–सर्लाहीको पर्साबाट प्रहरीले दुई युवकलाई नक्कली नोट सहित पक्राउ गरेको छ । 

आइतबार प्रहरी टोलीले सूचनाको आधारमा पर्सा गाउँपालिका–६, स्थित हुलाकी सडक खण्डबाट नेपाली २४ हजार नगद सहित दुई युवक पक्राउ परेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–६, निवासी २१ वर्षका मुकेश कुमार साह र हरिपुर्वा नगरपालिका–४, डुमरिया बस्ने २३ वर्षका सरोज पण्डित रहेको प्रहरीले जनाएको हो । 

भारतीय बिआर ३० एपी ७५३९ नम्बर भएको मोटरसाइकलमा सवार उनीहरूलाई चेक जाँचको क्रममा नक्कली रुपैयाँ बरामद भएको प्रहरीको भनाई छ । प्रहरी मोटरसाइकल चालक साहको साथबाट नेपाली ५०० दरको ४८ थान नक्कली नोट फेला पारेको जनाएको छ । बरामद नोट, मोटरसाइकल सहित दुवै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राईले जानकार दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles