Saturday, November 8, 2025

बसको ठक्करबाट म्याजिकमा सवार युवतीको मृत्यु, ८ जना घाइते

ताजा / भरखरै प्राप्त

लालबन्दी–पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको रानीगञ्जमा बसको ठक्करबाट म्याजिकमा सवार एक युवतीको मृत्यु भएको छ । भने, ८ जना घाईते भएका छन् ।

सोमबार (आज) लालबन्दी नगरपालिका–१७, रानिगञ्जमा लालबन्दी बजार आउदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रु वाहक म्याजिकलाई विपरित दिशाबाट जाँदै गरेको ना १ ज २६४५ नम्बरको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट म्याजिकमा सवार लालबन्दी नगरपालिका–१७, रानीगञ्ज बस्ने बिर सिंह पन्तको २२ वर्षकी छोरी सोना पन्तको मृत्यु भएको छ ।

दुर्घटना लगतै उद्धार गरी लालबन्दी मोडेल अस्पताल पु¥याएपछि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनामा म्याजिकमा सवार थप ८ जना घाइते भएका छन् । उनीहरूको लालबन्दीको मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा सर्लाही ईश्वरपुर नगरपालिका–७ पोखरीटोल बस्ने बर्ष अं. ६५ कि शान्ति देबी राम, ईश्वरपुर नगरपालिका–४, सागरनाथ बस्ने बर्ष २२ की अमिसा श्रेष्ठ, ५६ वर्षकी फुल कुमारी घलान, ४५ वर्षकी बबिता श्रेष्ठ, ईश्वरपुर नगरपालिका–६, बस्ने १८ वर्षको अंकित महतो, जितन साहको १९ वर्षका छोरा राजकिशोर साह, ५४ वर्षका रबिनाथ महतो र लालबन्दी नगरपालिका–१ बस्ने २१ वर्षको बिजय तामाङ घाइते भएका हुन ।

उनीहरुको शरीरको विभिन्न भागमा चोटलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । दुर्घटना लगतै बसका चालक फरार रहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles