Wednesday, May 21, 2025

पर्साबाट कटुवा पेस्तोल र गोली सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

पर्सा–सर्लाहीको पर्सा गाउँपालिकाबाट प्रहरीले एक युवकलाई हतियार सहित पक्राउ गरेको छ । 

शनिबार साँझ पर्सा गाउँपालिका–२ स्थित रबी होटलबाट कटुवा पेस्तोल सहित एक युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको हो । पक्राउ पर्नेमा पर्सा गाउँपालिका–४ निवासी २३ वर्षीय दीपक साह रहेको प्रहरीले जनाएको हो । प्रहरीले साहको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान  गोली समेत बरामद भएको जनाएको छ ।

अपराह्‍न हतियार सहित युवक होटलमा बसिरहेको सूचना प्रहरीलाई पुगेको थियो । सूचनाका आधारमा प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलीले हतियार सहित युवकलाई नियन्त्रणमा लिएको हो । नलकटुवा पेस्तोल र गोली सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, मलङ्गवा सर्लाहीको हिरासतमा राखिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक  सरोज राईले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles