हरिवन–सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध सहित एक पुरुषलाई पक्राउ गरेको छ ।
आइतबार राती १२ः३० बजेको समयमा प्रहरीले हरिवन नगरपालिका–३, डावरी निवासी ३६ वर्षका मान बहादुर घिसिङलाई लागू औषध सहित पक्राउ गरेको हो । घिसिङले मोटरसाइकलमा लागू औषध ओसार पसार गरिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक किशोर तामाङ नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
प्रहरीले घिसिङ सवार ना २४ प ६९०३ नम्बरको मोटरसाइकल हरिवन नगरपालिका–३, मोहनपुर टोल स्थित सडकमा रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा घिसिङ सवार मोटरसाइकलमा बाधेको बोराबाट वीनसिरेक्स र वनरेक्स सिरफ लेखेको सय एमएलको ४ सय ५८ बोतल लागू औषध बरामद भएको प्रहरी जनाएको हो ।
बरामद लागू औषध, सवार मोटरसाइकल र घिसिङलाई समेत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।