Wednesday, May 21, 2025

हरिपुर मेयर कप : वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिपुर– सर्लाहीको हरिपुरमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार हरिपुर नगरपालिका–२, सानो जगतपुर खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ८ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको १७ औं मिनेटमा वडा ५ का खेलाडी करण चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वडा नम्बर ८ ले खेलमा फर्कन धेरै प्रयास गरे पनि गोल फर्काउन सकेन ।

दोस्रो हाफको १८ औं मिनेटमा वडा नम्बर ५ का खेलाडी मनोज चौधरीले थप गोल गर्दै २–० को जित पक्का गरेका हुन् । खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का बिक्की महरा घोषित हुँदै ट्रफी हात पारे । उनलाई हरिपुर नगरपालिकाका लेखा अधिकृत रञ्जित यादवले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तरगत भोलिको खेलमा वडा नम्बर ७ र वडा नम्बर ९ ले प्रतिस्पर्धा गर्नेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles