Wednesday, May 21, 2025

हरिपुर्वामा बालबालिकाहरूले र्याली सहित वृक्षारोपण गरे

ताजा / भरखरै प्राप्त

हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा गठन भएको वसन्त बाल क्लबको आयोजनामा र्याली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । 

हरिपुर्वा नगरपालिका–९, स्थित वसन्तपुरमा स्थानीय बाल क्लबको आयोजनामा वातावरण संरक्षणको उद्देश्य सहित र्याली र वृक्षारोपण गरिएको हो । वल्ड भिजन तथा बागमती सेवा समाज नेपालले सञ्चालन गरेको बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।  ‘वातावरण र बाल अधिकार, हामी सबैको सरोकार’ भन्ने मूल नारा सही अभियान सुरु गरिएको क्लबका अध्यक्ष नुरैन अंसारीले जानकारी दिए ।

जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रकारका सय वटा फलफूलका बिरुवा रोपेको क्लबका अध्यक्ष अन्सारीले जानकारी दिए । वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि बाल क्लबका सदस्यहरू सकृय रुपमा सरिक भएका थिए । वृक्षारोपण पहिला क्लबका बालबालिका, जनप्रतिनिधि, स्थानीय अभिभावक सहितको सहभागितामा आयोजना गरिएको र्यालीले वातावरण संरक्षण सम्बन्धी चेतना फैलाउन मदत पुगेको उनले बताए । 

वृक्षारोपण जस्ता गतिविधिले वातावरण अनुकूल बनाउन मदत पुग्ने सहभागीहरूको भनाई छ । ‘‘वातावरणसँग सम्बन्धित सचेतनामूलक र्याली तथा बाल वृक्षारोपण कार्यक्रम एकदमै राम्रो लाग्यो ।’’ रूपान्तरण लिडर रविना चौधरीले भनिनन्, ‘‘अहिले जताततै वातावरण विनाश भएको छ । वनजङ्गल विनाश हुँदैछ । कसैले पनि बोटविरुवा लगाउन इच्छा देखाउदैन । यस्तो कार्यक्रमले सानासाना बालबालिकालाई वातावरण संरक्षण र वृक्षरोपणका महत्वको अन्तर्बोध गराउने छ ।’’

साथै, समुदायमा पछाडि परेको समुहलाई पनि पर्यावरण संरक्षण सम्बन्धी चेतना अभिवृद्धि गर्न सजिलो हुने आयोजकको भनाई थियो । हरिपुर्वा–९, का वडाध्यक्ष सुरेन्द्र महतोले बाल क्लबले आयोजना गरेको र्याली तथा वृक्षरोपण कार्यक्रम निकै उत्कृष्ट कार्य रहेको बताउनु भयो । बालक्लबका बालबालिकाहरूलाई सम्बोधन गर्दै उनले अभिभावकहरूलाई समेत यस्ता कार्यमा सरिक गराउन आवश्यक रहेकोमा जोड दिए । वातावरण संरक्षणको लागि वडाबाट बजेट विनियोजन गर्ने भन्दै वडाध्यक्ष महतोले आवश्यक परे व्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बोटबिरुवालाई बालबालिका सरह माया गर्दै मलजल गरेर हुर्काउनु पर्ने हरिपुर्वा नगरपालिकाकी उपमेयर सुमित्रा देवी ग्वार्नीकाे भनाई थियो । कार्यक्रममा जनप्रतिनिधि सहित अभिभावक, बालबालिका, रूपान्तरण लिडरको समेत उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles