Sunday, February 15, 2026

सर्लाहीमा एक बालक सहित दुई जनाको शव फेला

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीमा दुई फरक स्थानमा एक बालक सहित दुई जनाको शव फेला परेको छ ।

आइतबार जिल्लाको पर्सा गाउँपालिका र लालबन्दी नगरपालिकामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको हो । पर्सा गाउँपालिका–४, जिगड्वामा रहेको ईट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्य ग्राम सिरवर निवासी शिवम् माझीका ४ वर्षका छोरा सुजित माझीको भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार पर्सा–२, संग्रामपुर स्थित सैलश बाबा मन्दिरमा लागेको मेला हेर्न गएका बालक तीन दिन देखी बेपत्ता हुनुभएको थियो । लगतै परिवारले खोज तलास गर्दा फेला नपरे पछि प्रहरी चौकी नारायणपुरमा निवेदन दर्ता गराएका प्रहरीले जनाएको हो । आफन्त सँगको समन्वय गर्दै खोजी गर्ने क्रममा सोना ईट्टा भट्टाको खाडलमा डुबेको अवस्था फेला परेको प्रहरीले जनाएको हो ।

यस्तै जिल्लाको लालबन्दी नगरपालिका स्थित लखन्देही खोलामा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको जीर्ण झोलुङ्गे पुलमुनि पुरुष मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । फेला परेको शव सोही स्थान निवासी ४५ वर्षीय लक्ष्मण महतोको रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो । महतोको सोही जीर्ण झोलुङ्गे पुलबाट खसेर ज्यान गएको प्रहरीले आशङ्का गरेको छ ।

लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका र हरिवन नगरपालिकालाई जोड्ने उक्त झोलुंङ्गे पुल जीर्ण अवस्थामा रहेको र महतोको शव फेला परेको सिधा माथि पुलमा भ्वाङ रेहेकोले पुल तर्ने क्रममा उहाँ खोलमा खस्नु भएको भएको स्थानीयको भनाई छ । जीर्ण झोलुङ्गे पुल मर्मतका लागि कुनै पनि निकायले समयमै चासो नदेखाएका स्थानीय बिगु पासवानले बताउनु भयो ।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनु भएका मृतक महतो घुर्कौली क्षेत्रमा ज्याला मजदुरी गरेर फर्कने क्रममा पुलको भ्वाङमा परेर खसेको लालबन्दी नगरपालिका–२, का वडाध्यक्ष किरण पासवानले बताउनु भयो ।
दुवै घटनाको प्राकृतिक मुचुल्का तयार गरी शव परीक्षण पछि आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles