हरिवन–तामाङ घेदुङ मधेस प्रदेशको आयोजनामा भाषा प्रवर्द्धन तथा सरकारी कामकाजको भाषा विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–९, नयारोडमा घेदुङ मधेस प्रदेश अध्यक्ष यमलाल गोलेको अध्यक्षता तथा घेदुङ सङ्घीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि गोले, भाषा आयोग कायम मुकायम सचिव डाक्टर लोक बहादुर लोप्चनले सहजिकरण गर्नु भएको थियो ।
मधेश प्रदेशको ८ जिल्ला मध्य सबै भन्दा धेरै सर्लाहीमा ४४ हजार १७२ जना तामाङ जनसङ्ख्या रहेको छ । यसरी सङ्ख्यात्मक रुपमा समेत धेरै तामाङ समुदायको भाषालाई तराईको क्षेत्रमा सम्बर्धन र प्रबद्र्धन गर्दै लैजानु पर्नेमा वक्ताहरूको जोड थियो । यस क्षेत्रमा तामाङ भाषा प्रवद्र्धन तथा सरकारी कामकाजमा समेत कार्यन्वयन गराउन स्थानीय तहहरूले सहयोगीको भूमिका खेल्नु पर्ने सङ्घीय अध्यक्ष गोलेले बताए ।
कार्यक्रममा हरिवन नगरकी उपमेयर हरिमाया घलान, सङ्घीय सदस्य जयमान पाख्रिन, निशा मोक्तान, लक्ष्मी तामाङ, लालबन्दी नगर घेदुङका अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष शुक्र पाख्रिन, हरिवन–२ का वडाध्यक्ष अर्जुन योञ्जन, मधेस प्रदेश उपाध्यक्ष संजिब मोक्तान, सर्लाही जिल्ला अध्यक्ष बुद्ध थिङ, जिल्ला पूर्व अध्यक्ष हिरा काजी योञ्जन, तामाङ पत्रकार सङ्घ जिल्ला अध्यक्ष चन्द्र बहादुर जिम्बा, महिला नेतृ सोनी कुमारी बोम्जन लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै मणिपा आमा समूह बागमतीका अध्यक्ष पाल्देन दोर्जे लामा लगायत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहटका पदाधिकारी सदस्यहरू, नगरपालिका अध्यक्ष लगायतको आतिथ्यता रहेको घेदुङका सङ्घीय उपमहासचिव तथा कार्यक्रम सञ्चालक सरोज मोहन तामाङले जानकारी दिए ।