Wednesday, May 21, 2025

विपन्न दलित परिवारलाई पङ्खा वितरण

ताजा / भरखरै प्राप्त

हरिवन-सर्लाहीको हरिवनमा वडा कार्यालयले विपन्न दलित परिवारलाई पङ्खा वितरण गरेको छ । 

मङ्गलबार हरिवन नगरपालिका–५, घुर्कौली स्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच २० परिवारलाई स्ट्यान फ्यान वितरण गरिएको हो । विपन्न दलित प्रोत्साहन कार्यक्रम अन्तरगत उखरमाउलो गर्मीमा राहत पुगोस् भनेर पङ्खा वितरण गरेको वडाध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।

उक्त बजेटबाट जिविकोपार्जन अन्तरगत हरेक वर्ष फरक फरक कार्यक्रम गर्ने गरेको उनको भनाई छ । वडाका पूर्व जनप्रतिनिधि पूर्ण बहादुर स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वडाध्यक्ष साहको अध्यक्षतामा आयोजित पङ्खा वितरण कार्यक्रममा वडा सदस्य शोभा विश्वकर्मा, बुद्धी बल, घ्याङदोर्जे तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रोत्साहन कार्यक्रम अन्तरगत गत वर्ष सीप विकास तालिम, पशु चौपाया वितरण लगायतका कार्यक्रम गर्ने गरेको वडा कार्यलयले जनाएको हो ।  

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles