रामनगर– सर्लाहीको रामनगरमा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बुधबार रामनगर गाउँपालिका स्थित श्री जनता नमुना माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता उद्घाटन गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय क्रिकेट खेलाडीहरूको पहलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको संविधान सभा सदस्य शिवपुजन राय र पालिकाका अध्यक्ष राजाबाबु यादवले सम्युक्त रुपमा उदघाटन गरे ।
बैशाख २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भित्रका कुल ८ वटा टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज वडा नम्बर–५, र वडा नम्बर–७, प्रतिस्पर्धा गरिरहेका छन । यस प्रतियोगिता पछि यसै मैदानमा जिल्लामै पहिलो पटक रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गरिने गाउँपालिका अध्यक्ष राजाबाबु यादवले बताए ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार रामनगर र छिमेकी पालिका बलराको संयुक्त आयोजनामा दुबै पालिका बिच रात्रिकालीन मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । रामनगर गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिताको समापनका दिन रात्रिकालीन प्रतिस्पर्धाको घोषणा गरिने बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले बताए ।
स्थानीय खेलाडीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य सहित रात्रिकालीन क्रिकेट प्रतियोगिताको आयोजना गर्न लगिएको उनको भनाई छ । कार्यक्रममा बलरा नगरपालिका–१० का वडाध्यक्ष दिनेश कुशवाहा, रामनगर गाउँपालिका–१ का वडाध्यक्ष ब्रह्मदेव चौधरी, रामनगर–४ का वडाध्यक्ष बिरेन्द्र ठाकुर, रामनगर–५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादव, रामनगर–७ का वडाध्यक्ष गौरी शङ्कर पण्डित सहित स्थानीयको सहभागिता रहेको थियो ।