राजु तामाङ, हरिपुर-हरिपुरमा जारि प्रथम मेयर कपको दोस्रो खेलमा वडा नम्बर ४ विजयी भएको छ ।
सोमबार सानो जगतपुरको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ ले ६ गोल गर्दै वडा नम्बर ३ लाई स्तब्ध बनायो । सुरु देखि नै खेलमा हाबी भएको ४ नम्बर वडाले पहिलो हाफमा ४ गोलको अग्रता लिएका थिए ।
दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि वडा ३ ले गोल गर्न भने सकेनन । अन्तत वडा ४ सँग ६-० को हार बेहोर्न पुग्यो । खेलको म्यान अफ दि म्याच विजेता टिमका क्याप्टेन घोषित भए ।
हरिपुर नगरपालिकाको आर्थिक सहयोगमा नव संघर्षशील युवा क्लब सानो जगतपुरको आयोजनामा बैशाख ७ गतेबाट प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको फाइनल खेल बैशाख १५ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले ७५ हजार र उपविजेताले ४० हजार प्राप्त गर्ने आयोजकले जानकारी गराए । आजको खेल भने वडा नम्बर ५ विरुद्ध वडा नम्बर ८ को रहेको छ ।

