Sunday, December 14, 2025

बालबालिका तथा किशोरकिशोरीका लागि कम्प्युटर कक्षा उद्‌घाटन 

ताजा / भरखरै प्राप्त

हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा बालबालिका तथा किशोर किशोरीहरूको लागि कम्प्युटर कक्षा उद्‌घाटन गरिएको छ । 

बुधबार हरिपुर्वा नगरपालिका–१, मा स्थापना भएको सिकाइ केन्द्रमा कम्प्युटर कक्षा उद्‌घाटन गरिएको बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेले जानकारी दिए । वडा कार्यालय, नगरपालिका र साझेदारी संस्था बागमती सेवा समाजको समन्वयमा कम्प्युटर कक्षा समेत सञ्चालनमा ल्याइएको हो । उक्त कक्षाको नगरप्रमुख विनोद कुमार साह, उप–प्रमुख सुमित्रा देवी, वडा अध्यक्ष श्यामबाबु राय लगायतले उद्‌घाटन गरे । 

बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसिप परियोजना अन्तरगत सिकाइ केन्द्रको व्यवस्थापन गरिएको संस्थाले जनाएको हो । बसाँई व्यवस्थापन, बालबालिकाहरूका पढ्न विभिन्न किसिमका प्रेरणादायी पुस्तकहरू, खेलकुद सामाग्री साथै ३ वटा कम्प्युटर, टेबल, कुर्सीहरू प्रदान गरिएको बागमती सेवा समाजका परियोजना संयोजक बादेले जानकारी दिए । बाल मैत्री सिकाइ केन्द्र हरिपुर्वा नगरपालिका र वल्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालले तयार गरेको हो ।

बालबालिकाहरूको लागि बहुउपयोगी हुने गरी केन्द्रको व्यवस्थापन गरिएको छ । यसले बालबालिका तथा किशोर किशोरीहरूलाई पढाई तथा सिकाइमा मद्दत पुग्ने सलेश बाल क्लबका अध्यक्ष सपना ठाकुरले बताइन । बाल मैत्री स्थानीय शासन अन्तर्गत सबै वडामा कम्तीमा एकवटा बालमैत्री सिकाइ केन्द्र बनाउनु पर्ने हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारको भनाई थियो ।

बालबालिका तथा किशोरकिशोरीहरूकाे उज्यालो भविष्यको लागि निरन्तर वडा तथा पालिकालाई झकझकाउने बागमती सेवा समाज नेपाल प्रति नगर प्रमुख साहले आभार प्रकट गरे ।  यस्ता कार्यले पछिल्लो समय बालबालिकाहरू कुलतमा लाग्ने क्रम रोक्न सकिने वक्ताहरुको धारणा रहेको थियो ।

निःशुल्क कम्प्युटर उद्‌घाटन कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख धनकुमारी खड्का, कार्य पालिका सदस्य, वडा सदस्य, अभिभावक, बाल क्लब, तथा रूपान्तर समूहका सदस्यहरूको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन बागमती सेवा समाज नेपालका फिल्ड मोविलाईजर सुबोध कुमार महतोले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles