जितेश यादव–बलरा, सर्लाहीको बलरामा तेस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बुधबार बलरा नगरपालिका स्थित खेल मैदानमा क्रिकेट यु–१९ टि ट्वान्टी प्रतियोगिताको उद्घाटन गरिएको हो । पालिकामा रहेका नयाँ उदीयमान खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित यु–१९ टि ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख रामा शङ्कर प्रसाद कुशवाहाले जानकारी दिए ।
खेल क्षेत्रको विकास तथा खेलाडीहरूको प्रतिभा उजागर गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उहाँको भनाई थियो । प्रतियोगितामा ११ वटा वडा र एउटा नगरपालिका गरि जम्मा १२ वटा टिम सहभागी भएका छन । प्रतियोगिता संविधान सभा सदस्य शिवपुजन रायको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
खेल उद्घाटन कार्यक्रममा रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, बलरा नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय बुद्धिजीवी सहित स्थानीयको समेत उपस्थिति रहेको थियो ।