Wednesday, May 21, 2025

प्रथम मेयर कप हरिपुर : ७ नम्बर वडा फाइनलमा

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिपुर– सर्लाहीको हरिपुरमा जारी प्रथम मेयर कप फुटबलमा वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको छ । 

शनिबार हरिपुर नगरपालिका–२, स्थित नव सङ्घर्षसिल युवा क्लबको खेल मैदान सानो जगतपुरमा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नम्बर ७ विजयी भएको हो । वडा नम्बर ४ लाई १–० गोल अन्तरले पराजित गरेको वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको छ । 

यो सँगै वडा नम्बर ७ ले कम्तिमा उपविजेताको उपाधि समेत रक्षा गरेको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलमा वडा नम्बर ४ को लागि दोस्रो हाफ अनलक्की सावित भयो । १२ औं मिनेटमा वडा ७ का खेलाडी गौरव चौधरीले गरेको गोल नै निर्णायक बन्यो । 

अब सोमबार हुने फाइनल खेलमा वडा नम्बर ७ ले आयोजक वडा नम्बर २ सँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । आजको खेलको म्यान अफ द म्याचको उपाधि वडा नम्बर ४ का क्याप्टेन गणेश माझीले पाए । भोलि प्रतियोगिता अन्तरगत कुनै खेल नभएकोले हरिपुर भेट्रान्स र हरिपुर नगरपालिका कर्मचारी टिमले मैत्रीपूर्ण खेल खेल्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles