Wednesday, May 21, 2025

प्रथम मेयर कप : वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

हरिपुर– सर्लाहीको हरिपुर नगरपालिकामा जारी प्रथम मेयर कप प्रतियोगितामा वडा नम्बर ४ विजयी भएको छ ।

बिहीबार हरिपुर नगरपालिका–२, सानो जगतपुर खेल मैदानमा सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरु देखिनै निकै आक्रामक खेल प्रस्तुत गरेको वडा नम्बर ४ ले ५–० गोल अन्तरले वडा नम्बर ६ लाई पाखा लगायो । आजको खेलमा वडा नम्बर ४ को सामु वडा नम्बर ६ निरीह सावित भयो ।

यो सँगै जारी प्रतियोगिताको क्वाटर फाइनल खेल आजबाट सम्पन्न भएको छ । भोलिको पहिलो सेमिफाइनल खेलमा आयोजक वडा नम्बर २ र वडा नम्बर ५ बिच प्रतिस्पर्धा हुने छ । आजको खेलको म्यान अफ द म्याचको उपाधि वडा नम्बर ६ का गोल रक्षक अजय साहले प्राप्त गरे । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles