Wednesday, May 21, 2025

पत्रकार रजकको १३ औँ पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण

ताजा / भरखरै प्राप्त

सर्लाही–स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा सर्लाहीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

बुधबार साँझ नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आव्हान लालबन्दी र मलङ्गवामा पत्रकार सुरेश रजक प्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली सभामा सहभागी जिल्लाका सञ्चारकर्मीहरुले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । 

गत चैत १५ गते काठमाडौँको तिनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र बसेर रिपोर्टिङ गरिरहेका रजकको जलेर मृत्यु भएको थियो । पत्रकार महासङ्घले यस अघि सरकारलाई दिएको ७ दिने अल्टिमेटम सकिए पनि  माग पुरा नगरेको भन्दै दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत आज देशैभरी श्रद्धाञ्जली सभा र दीप प्रज्वलन गरिएको हो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासङ्घ जिल्ला अध्यक्ष ओम प्रकाश ठाकुर, पूर्व जिल्ला सभापति शङ्कर श्रेष्ठ लगायतले पत्रकार सुरेश रजतको हत्या सम्बन्धमा स्वतन्त्र छानबिन हुनु पर्ने र पीडितले न्याय पाउनु पर्ने तथा दोसीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गरेका थिए । सरकारले छानविन समिति समेत गठन नगरेको भन्दै वक्ताहरूले विरोध समेत जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles