Wednesday, May 21, 2025

नयाँ वर्षको अवसरमा हजारौँले घुमे भरत ताल, लाखौँको व्यापार(फाेटाे फिचर)

ताजा / भरखरै प्राप्त

बागमती–विक्रम सम्वत् २०८२ सालको पहिलो दिन अर्थात नयाँ वर्षको अवसरमा बागमतीको भरत तालमा पर्यटकहरूको घुइँचो लागेको छ । 

तस्बिर ः श्रवण थापा

बैशाख १ गते मङ्गलबार सर्लाहीको बागमती नगरपालिका–४ र १२ स्थित २२१ बिगाहा क्षेत्रफलमा फैलिएको बागमती माछा पोखरी(भरत ताल) परिसर आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको हो । ताल भ्रमणका लागि आउने पर्यटक सवार यातायातले ताल सम्म पुग्ने सडकहरू अस्तव्यस्त बनेको थियो । 

तस्बिर ः श्रवण थापा
तस्बिर ः श्रवण थापा

नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष विभिन्न दिवस, सार्वजनिक बिदा तथा चाडवाड मनाउन समेत भरत ताल परिसर प्रमुख रोजाइमा पर्ने गरेको छ । नयाँ वर्षको अवसरमा ताल परिसरमा पूर्व तयारी स्वरुप विषेश व्यवस्था गरिएको नगरपालिकाले जनाएको थियो । 

तस्बिर ः श्रवण थापा
तस्बिर ः श्रवण थापा

पार्किङ तथा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू ठुलो सङ्ख्यामा परिचालन गरिएको थियो । भने, नगरपालिकाले स्वास्थ्य लगायत व्यवस्थापनको लागि स्वयंसेवक समेत परिचालन गरेको थियो । 

तस्बिर ः श्रवण थापा

नेपालका विभिन्न जिल्ला सँगै भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट ओइरिएका हजारौँको सङ्ख्यामा पर्यटकहरूले ताल परिसर भ्रमण गरेका भरत ताल मोटरबोट व्यवसायी सङ्घका कोषाध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकको उपस्थिति सँगै व्यापार व्यवसाय समेत बढेको भन्दै व्यवसायीहरू समेत उत्साहित देखिएका थिए । 

तस्बिर ः श्रवण थापा

पर्यटकहरूको मनोरञ्जनको लागि ताल परिसरमा मिनी रेल, भेसल पानी जहाज, मोटरबोट, जेडस्की, स्काइ साइकिलिङ, जीप लाइन लगायतका मनोरञ्जनका साधनहरूको व्यवस्थापन गरिएको छ । ताल परिसरमा फोटो खिच्न, बस्ने, खाजा खाने तथा बालबालिकाहरुकोलागी खेल र पार्कको समेत व्यवस्थापन गरिएको छ । 

तस्बिर ः श्रवण थापा

विगतमा नेपाली नयाँ वर्ष नेपालीहरूले मात्र मनाउने गरेको भएपछि पछिल्लो समय भारतका विहारबाट समेत नयाँ वर्षको अवसरमा पर्यटक आउन थालेका छन् । ताल घुम्न आउने पर्यटकहरू यहाँको दृश्य देखेर मनमोहक भएर फकिर्ने गरेका एक जना पर्यटक दीपक कार्कीले बताए । 

तस्बिर ः श्रवण थापा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles