हरिवन–नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटीको अध्यक्षमा तारा घलान चयन भएकी छन् ।
शनिबार हरिवनमा रहेको ग्रामीण स्वयंसेवकको सभा हलमा सम्पन्न नेपाल तामाङ घेदुङको दोस्रो नगर अधिवेशनले घलानको नेतृत्वमा १३ सदस्य नगर कमिटी गठन गरेको हो । घेदुङका मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनमा निवर्तमान नगर अध्यक्ष राजु लो तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) र उपमेयर हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेको नेपाल तामाङ घेदुुङ हरिवनको दोस्रो नगर अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष बुद्ध लामाले जानकारी दिए । नेतृत्वका लागि आँकाक्षी धेरै भएपछि निकै रस्साकस्सीका साथ सर्वसम्मतिमा नेतृत्व गठन गरिएको थियो ।