Saturday, November 15, 2025

घरायसी विवादमा जेठाजुले बुहारीको हत्या गरे

ताजा / भरखरै प्राप्त

विष्णु–सर्लाहीको मधुवनीमा घरायसी विवादमा जेठाजुले बुहारीको हत्या गरेका छन । 

आइतबार बिहान विष्णु गाउँपालिका–३, निवासी अन्दाजी ४० वर्षका साहेब पासवानले घरायसी विवादमा बुहारीको हत्या गरेका हुन । उनले बुहारी अन्दाजी ३६ वर्षकी रेनु देवी पासवान माथि घरायसी विवादका क्रममा धारिलो हतियार फर्सा प्रहार गरेका थिए । फर्सा प्रहारबाट रेनुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

रेनुको हात, मुख र गालामा फर्साको गहिरो चोट रहेको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले जानकारी दिए । घटना लगतै पुगेको प्रहरी चौकी मधुवनीको प्रहरी टोलीले फर्सा सहित जेठाजु साहेबलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको प्रनाउ राईले जानकारी दिए । 

मृतक रेनुको शवको प्राकृतिक मुचुल्का पछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles