Wednesday, May 21, 2025

काल्साङ छ्योई खोर्लिङ गुम्बा मणिपा आमा समूहको अध्यक्षमा लामा

ताजा / भरखरै प्राप्त

बागमती– सर्लाहीको बागमतीमा रहको काल्साङ छ्योई खोर्लिङ गुम्बा मणिपा आमा समूहको अध्यक्षमा पाल्देन दोर्जे लामा चयन भएका छन ।

शुक्रबार भएको समुहको दोस्रो भेलाबाट लामा अध्यक्षमा चयन भएका हुन । बागमती नगरपालिका–१२, कर्मैया स्थित काल्साङ छ्योई खोर्लिङ गुम्बाको सभाहलमा पाल्देन दोर्जे लामाको सभाध्यक्ष तथा ल्होसुम लामा सेरपको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । समितिको उपाध्यक्षमा अञ्जु कुमारी ङेसुर र सचिवमा सुजता बोम्जन, कोषाध्यक्षमा गङ्गा लामा र सहसचिवमा मन्दिरा घलान चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरूमा असली माया जिम्बा, तिउरी माया जिम्बा, रत्न बहादुर घिसिङ, जित माया वाइबा, सविता घिसिङ, सानू कान्छी लो, सर्मिला लो, शान्ती माया थिङ, सुकु माया योञ्जन, मिश्रा देबी योञ्जन, ज्ञान बहादुर बल, माईली माया घ्लान, पिङकी योञ्जन, सन्च माया घिसिङ, पान माया योञ्जन, रोजिना पाख्रिन, धनमाया लो, हिरा माया मोक्तान चयन भएका छन् ।

भेलामा साम्तेन देछेन छ्योई खोर्लिङ गुम्बा बागमती–१२ बथाने गुम्बा चौरका अध्यक्ष सन्त बहादुर थोकर, लामागुरुहरू योन्तेन लामा, ग्याल्छेन लामा, समाज सेवी व्यक्तित्व उत्तम थोकर, वीर बहादुर वाइबा, रत्न बहादुर घिसिङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बागमती नगर घेदुङको सचिव समेत रहेका चन्द्र बहादुर जिम्बाले सञ्चालन गरेका थिए ।
अतिथिहरूले बौद्ध दर्शन र सम्बर्धनका लागि टेवा पुग्ने र प्रत्येकको घर घरमा बौद्ध संस्कृतिको वृद्धिका लागि मणिपा आमा समुहलाई भूमिका खेल्न सहज वातावरण मिल्ने बताए । साथै बौद्ध शिक्षाको विकासको लागि प्रत्येक गुम्बाबाट यसरीनै लामाहरूले भूमिका खेल्नु पर्ने उनीहरूको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles