Wednesday, May 21, 2025

एमाले लालबन्दी नगर कमिटीको अध्यक्षमा कार्की निर्वाचित

ताजा / भरखरै प्राप्त

लालबन्दी–नेकपा एमाले लालबन्दी नगर कमिटी अध्यक्षमा उज्वल कुमार कार्की निर्वाचित भएका छन् ।

आइतबार राती सार्वजनिक मत परिणाम अनुसार निकटतम प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश) लाई ४७ मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन् । कार्कीले १६५ प्राप्त गर्दा आचार्यले ११८ मत मात्र प्राप्त गरे । नेकपा एमालेको सम्पन्न दोस्रो लालबन्दी नगर अधिवेशन अन्तर्गत दिउसो लालबन्दी–६ स्थित मदन आश्रीत भवनमा मतदान सम्पन्न भएको थियो ।

यसैबिच निर्वाचनबाट एमालेको लालबन्दी नगर उपाध्यक्षमा ११७ मतसहित हेमप्रसाद पौडेल, सचिवमा १६७ मतसहित वर्षाकुमारी लामा, सहसचिवमा बिक्रम खड्का १७२ मतसहित र सहसचिव महिलामा १४२ मतसहित नैनकुमारी चौधरी बिजयी भएका निर्वाचन समितिले जनाएको छ ।

३०९ जना प्रतिनिधि मध्ये २९९ जनाले मात्र मतदान गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles