Sunday, March 16, 2025

११ सय ३० पिस ट्याब्लेट सहित दुई जना पक्राउ

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध सहित दुई युवकलाई पक्राउ गरेको छ । 

शनिबार मलङ्गवा नगरपालिका–१०, प्लाई फ्याक्ट्री नजिकैबाट प्रहरीले लागू औषध सहित मलङ्गवा नगरपालिका–३, बस्ने २४ वर्षका सुबोध पण्डित र कविलासी नगरपालिका–३, २८ वर्षका मनोज कुमार महतोलाई पक्राउ गरेको हो । साइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी ब्रह्मपुरीको टोलीले शङ्का लागेर चेकजाँच गरेको थियो । 

सोही क्रममा उनीहरूको साथबाट नाइट्राजेपाम ट्याब्लेट आइपी १० एमजी लेखेको लागू औषध बरामद भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रति पत्ता १० वटा ट्याब्लेट रहेको एक सय १३ पत्ता लागू औषध सहित उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles