Wednesday, April 30, 2025

१० जनालाई ह्वील चेयर वितरण

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती र हरिवन नगरपालिका क्षेत्रका १० जना अपाङ्गता तथा शारीरिक अशक्त व्यक्‍तिहरूलाई ह्वील चेयर वितरण गरिएको छ । 

अमेरिका बस्दै आएका बसन्त सापकोटा र उनका भाइ एसपी सापकोटाको सहयोगमा संगम बुक्सका सञ्चालक नवीन पौडेलले ह्वील चेयर ल्याइ दिएका थिए । सोही ह्वील चेयर हरिवन निवासी मनिष बराल र बागमती नगरपालिका–१२ निवासी जय गोलेको संयोजनमा १० जना व्यक्तिहरूलाई वितरण गरिएको हो । 

शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई दैनिकी केही सहज बनाउने उद्देश्य सहित आइतबार घर घरमै पुगेर ह्वील चेयर हस्तान्तरण गरेको समाजसेवी गोलेले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles