Sunday, March 16, 2025

होटल व्यवसायी प्रजापतिलाई आक्रमण गर्नेलाई कारवाही गर्न होटल तथा पर्यटन व्यावसायी सङ्घको माग

ताजा / भरखरै प्राप्त

मलङ्गवा–होटल तथा पर्यटन व्यवसायी सङ्घले होटल व्यवसायी माथि आक्रमण गर्नेलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

आइतबार साँझ प्रेस विज्ञप्ति सार्वजनिक गर्दे सङ्घले आफ्ना प्रदेश समिति सदस्य समेत रहेका होटल व्यवसायी मुकेश प्रजापति माथि ज्यान मार्ने उद्देश्य सहित कुटपिट भएको जनाएको हो । उक्त घटनाका दोषीलाई हाल सम्म कानुनी दायरामा नल्याएको भन्दै आपत्ती जनाउदै दोषी माथि तत्काल कानुनी कारवाही अगाडि बढाउन सङ्घले स्थानीय प्रशासनलाई अपिल गरेको छ ।

आफ्ना व्यवसायी माथि पटक पटक आक्रमण भइरहदा प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको भन्दै कारवाही प्रकृयामा आलटाल गरे आफूहरू चुप नबस्ने सङ्घले विज्ञप्ति मार्फत चेतावनी दिएको छ । सङ्घका अध्यक्ष राजेश कुमार शर्माले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा तत्काल घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कारवाही हुने आफूहरूले विश्वास लिएको सङ्घले उल्लेख गरेको छ ।

गत फागुन २१ गते राती १०ः३० बजेको समयमा मलङ्गवा नगरपालिका–१०, जानकीपाटि प्यालेस अगाडि होटल व्यवसायी प्रजापति माथि निर्घात कुटपिट भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles