Wednesday, May 21, 2025

सर्लाही क्याम्पसमा सुजित यादव नेतृत्वको संयुक्त प्यानल विजयी

ताजा / भरखरै प्राप्त

मलङ्गवा–स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अन्तरगत सर्लाही बहुमुखी क्याम्पसमा संयुक्त प्यानल विजयी भएको छ । 

निर्वाचन कमिटीका अनुसार सुजित कुमार यादव नेतृत्वमा रहेको संयुक्त गठबन्धनको प्यानलनै विजयी भएको हो । नेसवियु र जनमत सँग स्वतन्त्र ढङ्गले गठबन्धन गरी यादवले सभापतिमा उम्मेद्वारी दिएका थिए । प्राप्त मतपरिणाम अनुसार यादवले ६ सय २४ मत प्राप्त गरेका छन् । भने, अनेरास्ववियुका कृष्ण यादवले ३ सय ९ र नेवि सङ्घका धिरज दाहा यादवले एक सय ७९ मत मात्र प्राप्त गरे । 

अन्य पदमा समेत यादव नेतृत्वकै जित भएको छ । सचिवमा ६ सय मत सहित रोशन कुमार यादव, कोषाध्यक्षमा ५ सय ८० मत सहित नितु कुमारी र सदस्यहरूमा ५ सय ६१ मत सहित संरचना यादव, ५ सय ४६ मत सहित प्रेम प्रविण यादव, ५ सय ७५ मत सहित अर्जुन कुमार राय विजयी भएका हुन । यस क्याम्पसमा ४२.०८ प्रतिशत मात्र मत खसेको थियो । 

एक हजार तीन सय ६७ मत खसेकोमा एक सय ६४ मत बदर भएको निर्वाचन अधिकृत कृपानाथ झाले जानकारी दिए । समयमै मतदान सम्पन्न गरेको यस क्याम्पसमा मतगणनाको क्रममा साँझ केही बेर विवाद भएपछि मध्यरातीबाट मत गणना सुरु भएको थियो । दोहोर्‍याएर मत गणना गर्नुपरेकोले ढिला भएको निर्वाचन अधिकृत झाले बताउनु भयो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles