Wednesday, May 21, 2025

सर्लाहीमा प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने पक्राउ

ताजा / भरखरै प्राप्त

हरिपुर्वा– सर्लाही प्रहरीले एक युवतीलाई झूटो प्रलोभन देखाई ठगेको आरोपमा पक्राउ गरेको छ । 

जिल्लाको हरिपुर्वा नगरपालिका–५, का २१ वर्षीय शिवम कुमार यादवलाई प्रहरी बनाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–१७, निवासी ३२ वर्षकी लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो । महतोले प्रहरीमा जागिर लगाइ दिने प्रलोभन देखाएर यादव सँग दुई लाख ७५ हजार ठगी गरेको प्रहरीले जनाएको हो । 

पीडित युवकको उजुरीको आधारमा पक्राउ परेकी युवतीलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी युवतीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles