Wednesday, April 30, 2025

सर्लाहीको बसवरियामा दुर्घटनामा एक जनाको मृत्यु अर्का एक गम्भिर

ताजा / भरखरै प्राप्त

बसवरिया–सर्लाहीको बसवरियामा दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । भने, एक जना गम्भिर भएका छन् ।

शनिबार बसवरिया गाउँपालिका–३, धन्कौल स्थित नयारोड–मधुवनी सडक खण्डमा एक युवक मृत फेला परेका हुन् । मृत्युहुनेमा बसवरिया गाउँपालिका–२, बस्ने बुधन पासवानको २५ वर्षका छोरा राजिव पासवान रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार घटना स्थलबाट सोही स्थानका दीप नारायण यादवका छोरा २० वर्षका धनन्जय यादवको गम्भिर अवस्थामा उद्धार गरिएको थियो ।

मुख र टाउकोमा चोट लागेर गम्भिर घाइते भएको यादवलाई बरहथवा स्थित स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए । घटना मोटरसाइकल दुर्घटना जस्तो देखिए पछि एकिन भैनसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए । दुर्घटनामा तेस्रो व्यक्ति पनि संलग्न हुन सक्ने र मोटरसाइकल लिएर फरार रहेको हुन सक्ने प्रहरीको आशङ्का छ । 

घटना गएरातीको हुनसक्ने प्रहरीको अनुमान छ । तर, स्थानीयले बिहान मात्र प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटना स्थलबाट मोटरसाइकलको सिट, भाइजर, हेडलाइट बरामद गरेको भएपनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन नसकेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए । घटना शङ्कास्पद देखाएकोले प्रहरीको विषेश टोली झिकाएर अनुसन्धान सुरु गरको छ ।

प्रहरीले मृतक युवकको सव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखेकाे जनाएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles