सर्लाही–मङ्गलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सर्लाहीमा दुई क्याम्पसमा सम्युक्त प्यानल विजयी भएको छ ।
हरिवनमा नगरपालिका–१०, सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घको सम्युक्त प्यानल विजयी भएको हो । भने, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा अनेरास्ववियु र अनेरास्ववियु (समाजवादी) बिचको सम्युक्त प्यानल विजयी भइको छ । चतुर्भुजेश्वर अनेरास्वयिवु(क्रान्तिकारी) र जनज्योति लालबन्दीमा नेवि सङ्घ एक्लै चुनावी मैदानमा होमिएका थिए ।
राती अबेर सम्पन्न मतगणना अनुसार चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा संयुक्त प्यानलबाट सभापतिको उम्मेदवार हिमाल घिमिरे ४ सय ४२ मत सहित विजयी भए । भने, निकटतम प्रतिस्पर्धी अनेरास्ववियु(क्रान्तिकारी) की अन्जिता भुजेलले २ सय १३ मत मात्र प्राप्त गरिन ।
यस्तै सम्युक्त प्यानलबाट सचिवमा रोहत उप्रेती(४०३), कोषाध्यक्षमा स्मृती श्रेष्ठ (४०९) र सदस्यहरूमा श्याम जनम ठाकुर(४१०), पुण्य प्रसाद लुइटेल(४२१), अविना दहाल(४१४), एलिसा सिंजाली(४१०), रितिश महर्जन(४०७) विजयी हुनुभएको निर्वाचन कमिटीले जनाएको हो ।
अनेरास्वियु (क्रान्तिकारी)बाट सचिवका उमेद्वार अभिषेक बाँनियाले २४८, कोषाध्यक्षका उमेद्वार संजय कुमार महतोले २३४ र सदस्यका उमेद्वारहरु मिलन थापाले २४०, बिष्णु कुमार श्रेष्ठले २२७, इन्द्रावती कुमारी महतोले २३१, विनेश पौडेलले २४१, दिलिप कुमार महतोल २४५ मत मात्र प्राप्त गरे ।
यस क्यामपसमा समानुपातिक तर्फ सबै भन्दा धेरै अनेरास्ववियुले ३ सय ८२ मत प्राप्त गरेको छ । भने, अनेरास्ववियु(क्रान्तिकारी)ले २ सय ८ र नेवि संघले ४८ मत प्राप्त गरेको थियो । १९ वटा मत बदर भएको निर्वाचन अधिकृत डाक्टर हरिलाल मैनालीले जानकारी दिए । यस पहिला चतुर्भुजेश्वरमा अनेरास्वियु (क्रान्तिकारी)ले जितेकाे थियाे ।
यस्तै लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (समाजवादी) प्यानलका उमेद््वार समिर सिंह विजयी भएका छन् । सिंह ४ सय १० मत सहित निर्वाचित हुँदा । उनको निकटतम प्रतिस्पर्धी नेवि संघका उमेद्वार निर्मल अधिकारीले ३ सय २५ मत मात्र प्राप्त गरे ।
मत परिणाम अनुसार सचिवमा सम्युक्त प्यानलका रोसना पोखरेल(४००), कोषाध्यक्षमा निकी कुमारी(३७३), सदस्यहरुमा शान्ति कुमारी मण्डल(३६५), राहुल कुमार गुप्ता(३८८), असराना वेगम(३७९), सुनिल कुमार साह(३८२), सुमन घिमिरे(४०१), नविन कुमार महतो(३८२), रुपेश कुमार साह(३५६) र नेवि सङ्घकी प्रकृति कुमारी(३६२) विजयी भएका छन ।
यहाँ निकटतम प्रतिस्पर्धी देखिएका नेवि संघका सचिवका उम्मेदवार अरविन्द साहले ३ सय २३, कोषाध्यक्षका उम्मेदवार रितिका चौधरीले ३ सय ४४ र सदस्यको उमेदवारहरू अनुप खड्काले ३ सय ४७, निकेश खतिवडाले ३ सय ४१, सुरज भण्डारीले ३ सय ३३, वालचन्द्रे पासवानले ३ सय २१, सुनिल ठाकुरले ३ सय १७, उज्जवल कुमार यादवले ३ सय १२ र विश्वास अधिकारीले ३ सय ४६ मतमात्र प्राप्त गरे ।
यस क्याम्पसमा समानुपातिक तर्फ सबै भन्दा धेरै अनेरास्ववियुले ३ सय ६० मत पाएको छ । भने, नेवि सङ्घले ३ सय ३१ र अनेरास्ववियु(समाजवादी)ले ४७ मत प्राप्त गरेको छ । कुल खसेको मतबाट ९ वटा मत बदर भएको निर्वाचन अधिकृत शिवहरी नेपालले जानकारी दिए ।
तीन वटा क्याम्पसमा मङ्गलबार मतदान भएकोमा सदरमुका मलङ्गवामा रहेको सर्लाही बहुमुखी क्याम्पसमा राती अबेरबाट सुरु भएको मत गणना अहिले पनि जारी छ । यसै वर्षबाट स्ववियु निर्वाचन गराउने अनुमती पाएको बागमती नगरपालिका–११, कर्मैयामा रहेको आदर्श बहुमुखी क्याम्पसमा भने यस पहिलानै अनेरास्ववियु(क्रान्तिकारी)को प्यानलनै सर्वसम्मत भइसकेको छ ।