राजु तामाङ, हरिवन फागुन २८ गते बुधबार नेपाल तामाङ घेदुङ बागमती नगर कार्यसमितिका निवर्तमान अध्यक्ष तथा युवा समाजसेवी जय बहादुर गोलेले मानवसेवा आश्रम सर्लाही शाखाको निर्माणाधीन भवनकाे सहयोगार्थ सञ्चालित ज्ञानविज्ञान महायज्ञमा सहयोग प्रदान गरेका छन ।
समाजसेवी गोलेले बुधबार महायज्ञमा उपस्थित भै आफ्नो तर्फबाट व्यक्तिगत पन्ध्र हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गरेको आश्रम परिवारले जानकारी दिए । आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेकाे हाे ।
फागुन २२ गतेदेखि सुरू भएको महायज्ञ हरिवन नगरपालिका-११ स्थित सुर्तिविकास खेल मैदानमा फागुन २९ गतेसम्म सञ्चालन हुनेछ । भागवत भास्कर कमलनयन गौतमले कथावाचन गरिरहनु भएकाे महायज्ञबाट ११ करोड दान संकलन गरिने लक्ष्य राखिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।