Wednesday, May 21, 2025

समाजसेवी गोलेले बिरुवा बाढेर जन्मोत्सव मनाए 

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती निवासी समाजसेवी जय गोलेले रचनात्मक काम गरेर जन्मोत्सव मनाएका छन ।

बिहीबार गृह वडा बागमती–१२, मा समाजसेवी गोलेले ४२ औँ जन्मोत्सवको अवसरमा बिरुवा वितरण गरेका हुन । जन्मदिनको अवसरमा स्थानीयलाई फल र फुल दिने विभिन्न जातका ७ हजार बिरुवा वितरण गरेको उनले बताए । पर्यावरण जोगाउदै मौसम अनुसारको फल समेत दिने गरी बिरुवा वितरण गरिएको उनले बताए । 

बितरण गरिएको बिरुवामा एक हजार वटा आँप, एक हजार वटा लिची र ५ हजार वटा अम्बा, कागती, अमला, मेवा र जकान्टा फुलका बिरुवा रहेका छन । उनले हरेक वर्ष रचनात्मक कार्य गरेर जन्मदिन मनाउँदै आएका छन । नेपाल तामाङ्ग घेदुङ बागमती नगर कमिटीको निवर्तमान अध्यक्ष समेत रहेका गोले वडाध्यक्षका प्रत्यासी समेत हुन । 

आफूले वितरण गरेको बिरुवाको केही प्रतिशत मात्र हुर्काउन सके मात्र पनि वडा क्षेत्र वातावरणीय हिसाबले स्वच्छ र सुन्दर देखिने भन्दै रोपेका बिरुवालाई सन्तानलाई जस्तै माया गरेर हुर्काउन उनले अनुरोध गरे । उनले बागमती–१२, मा रहेको गुम्बाबाट बिरुवा वितरण सुरु गरेका थिए । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles