हरिवन–सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक बाल बचत भेला सम्पन्न गरेको छ ।
शनिबार हरिवन नगरपालिका स्थित कैलाशपुरीका रहेको बन बाटिकामा बाल बचतकर्ताहरूको भेला सम्पन्न गरिएको संस्थाले जनाएको हो । संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षतामा सम्पन्न भेलामा बालबालिकाहरूको प्रतिभा प्रस्तुती, बचत सम्बन्धी नाटक मञ्चन गर्नुका साथ, डोरी तान, म्युजिकल चियर, घैला फोर, सामान्य ज्ञान सम्बन्धी हाजिरी जवाफ आयोजना गरिएको संस्थाका व्यवस्थापक रविन्द्र रानाले बताए ।
बालबालिकाहरूलाई वित्तिय साक्षरता सम्बन्धी ज्ञान दिने उद्देश्य सहित पहिलो पटक बाल भेला आयोजना गरेको संस्थाकी कोषाध्यक्ष पदमा मोक्तानले बताइन ।
उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष राज कुमार उप्रेती, कोषाध्यक्ष मोक्तानले कार्यक्रमको औचित्य बारे प्रस्ट्याएका थिए । भने, सचिव बिनोद कार्कीले उद्घाटन समारोह सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक जय शङ्कर सिंह, संचालहरु हरि प्रसाद पुडासैनी, टिकाजङ्ग थापा, मुखचन्द्र महतो, बाला कुमारी थापा खड्का, सल्लाहकार समिति सदस्य तारा पोखरेल, पुनमा पाख्रिन लगायत कर्मचारीहरू तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बाल बालिकाहरूको लागी वित्तिय शिक्षा सहितको सगुन बचत यात्रा नामक नाटक मञ्चन गरिएको संस्थाले जनाएको हो । उक्त नाटकको माध्यमबाट बचत किन गर्नुपर्दछ ? सगुनमा बाल बचत खाता खोल्दा हुने फाइदाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका संस्थाका व्यवस्थापक रानाको भनाई छ । नृत्य प्रतियोगितामा रिजु पोखरेल प्रथम, ईभान्स वाइबा द्वितीया, एन्जिला घिमिरे र मिनसाङ लामा तृतिय भए ।
म्युजिकल चियर तर्फ आर बि थापा प्रथम, नारायणी बराल द्वितीय र श्रीजल खड्का तृतीय भइन । भने, चम्चा दौड तर्फ प्रबित थापा प्रथम, कविर जंग थापा द्वितीय र कोशिश लुँइटेल तृतीय भए । यस्तै अनिशा कुमारी महतो प्रथम, एजलिन घिमिरे द्वितीया, एलिका कार्की तृतिय भइन । सर्जल खड्का घैला फोड्न सफल भए । बालबालिकाहरूले डोरी तान प्रतियोगिता र सामान्य ज्ञान प्रतियोगितामा समेत भाग लिए ।
यस प्रकारको कार्यक्रमले बालबालिकाहरूलाई नियमित बचतको बानी बसाउनुका साथै उत्साहित बनाउने संस्थाको अपेक्षा छ ।