लालबन्दी-डिभिजन वन कार्यालय सर्लाहीको आयोजनामा वन डढेलो व्यवस्थापन सप्ताह सुरु भएको छ ।
चैत १ गतेबाट जिल्लाका विभिन्न वन क्षेत्रमा अभियान सुरु गरिएको डिभिजन वन प्रमुख सन्तोष झाले जानकारी दिए । अभियान अन्तरगत सामुदायिक तथा साझेदारी वन समुहका उपभोक्ताहरूलाई वन डढेलो नियन्त्रण सम्बन्धी अभ्यास समेत गराइएको छ । अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय लगाएको सहभागिता रहेको डिभिजन वन कार्यालयले जनाएको हो ।
वन नजिकै रहेका बस्तीका स्थानीयलाई आगो नियन्त्रणको उपाय लगायतको विषयमा समेत जानकारी गराइएको थियो । अभियान अन्तरगत वन क्षेत्रमा अग्नि रेखा कोर्ने देखी आगो नलगाउन अनुरोध सहितको सूचना प्रसारण लगायतको काम समेत गरिएको डिभिजन वन प्रमुख झाले बताए । जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक तथा साझेदारी वन क्षेत्रमा फागुन लागे देखिनै आगलागी सुरु भइसकेको छ ।
आगलागीले वन्य जन्तुको बास गाँस नष्ट हुने गरेको छ ।