लालबन्दी-पछिल्लो समयका चर्चित सर्जक रुद्रसेन विश्वकर्माको होली गीत ‘होली सररर’ सार्वजनिक भएको छ ।
सर्जक विश्वकर्माले आफ्नै अफिसियल युट्युब च्यानल ‘रुद्रसेन क्रिएशन’ मार्फत गीत रिलिज गरेका हुन। गीतमा चर्चित गायिका समीक्षा अधिकारीको पनि आवाज रहेको छ । शब्द, सङ्गीत विश्वकर्माकै रहेको गीतको एरेन्ज योगेश काजीले गरेका हुन् । गीतको भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेन विश्वकर्माको उत्कृष्ट नृत्य तथा अभिनय देख्न पाइन्छ। गीतको भिडियो ओम प्रसाईंले छायाङ्कन गरेका हुन्, भने सम्पादन तथा रङ्ग संयोजन अमृत चापागाईंले गरेका हुन् । गीतमा नृत्य निर्देशककाे भुमिका प्रदीप कुमार रसाइलीले निभाएका हुन।
आर्यन सिग्देलले पहिलो पटक होली गीतमा अभिनय गरेका छन्, जसले गीतलाई झन् प्रभावशाली बनाएको सर्जक विश्वकर्माले बताए । गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिक, जिओसावन लगायतमा पनि उपलब्ध छ । उनले केही हप्ता अघिमात्रै भोजपुरी भाषाको गीत ‘दे दन प्यार गोरी’ को म्युजिक भिडियो सार्वजनिक गरेका थिए। लगभग डेढ दशक अघिदेखि नेपाली, मैथिली, भोजपुरी लगायतका भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा अब्बल पहिचान स्थापित गर्न सफल मिथिला क्षेत्रका चर्चित सर्जक तथा कलाकार विश्वकर्माले गीत लेखन, सङ्गीत सिर्जना, गायन र अभिनय समेतमा आफूलाई उत्तिकै अब्बल बनाउदै आएका छन् ।
सर्जक विश्वकर्माका यस पहिला सार्वजनिक भएका आबन बैठ भट्भटिया प, कत्त स एल्ही गोरी, कानोमे आहाँ के झुम्का, हाम्रो प्यारो नेपाल लगायतका गीतहरू पनि उत्तिकै लोकप्रिय छन ।