लालबन्दी–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सर्लाही शाखाको अध्यक्षमा महेन्द्र महतो चयन भएका छन् ।
बुधबार लालबन्दी नगरपालिका–१५ बोहोरेडाँडामा रहेको गुम्बा परिसरमा सम्पन्न पहिलो जिल्ला अधिवेशन तथा बनभोज कार्यक्रमबाट महतोको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी सर्वसम्मतिले गठन गरिएको हो । तदर्थ समितिका उपाध्यक्ष सन्तोष कर्णको अध्यक्षतामा सम्पन्न भेलामा लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा प्रमुख अतिथी रहेका थिए ।
सम्पन्न भेलाले प्रतिष्ठानको जिल्ला कमिटीको उपाध्यक्षमा गायक सन्तोष कर्ण, महिला उपाध्यक्षमा साहित्यकार मिना देवकोटा, सचिवमा क्षितिज विश्वकर्मा, सहसचिवमा मदन नेपाल, कोषाध्यक्षमा चन्द्र जिम्बालाई चयन गरेको छ । भने, सदस्यहरूमा युपि आले, रितिक राई, जानुका चौलागाईं, गोमा कार्की, विष्णुमाया कार्की, सन्सर भ्लोन, श्याम लामा, उपासना घिसिङ र अम्बिका पौडेल चयन भएका सहसचिव मदन नेपालले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष थापाले आफूले मौलिक गीत सङ्गीतलाई पनि अन्य क्षेत्रजस्तै प्रबर्द्धन गर्न खोजेको बताए । समाजमा अझै गीत संगितलाई संरक्षण र प्रबर्द्धन गर्नु पर्छ भन्ने सोचको विकास भैनसकेका कारण कठिनाइ रहेको उनले बताए । उहाँले आगामी आर्थिक वर्षमा संस्कृतिको रुपमा रहेका लोक गीत संगितको संरक्षणमा वडाबाट हुने पहलका लागि जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, सचिव विनोद ढुंगेल, सदस्य सर्मिला रमौली मगर, महोत्तरी जिल्ला सदस्यद्वय कमला कार्की र सुमित्रा भण्डारी, संयुक्त दलित नगर संजाल लालबन्दीका सचिव विष्णु परियार लगायतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।