हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परेका हरिपुर्वा नगरपालिका–२, संग्रामपुर निवासी गफुर अन्सारीका छोरा २२ वर्षका कमराज अन्सारीको उपचारको क्रममा मृत्यु भएको हो । अन्सारी सवार बिआर ३० के १०४७ नम्बरको मोटरसाइकल गत फागुन २७ गते साँझ हरिपुर्वा नगरपालिका–२, मा अनियन्त्रित भएर सडक किसानमा रहेको पिलरमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका अन्सारीको जानकी अस्पताल महोत्तरीमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गए साँझ अन्सारीको मृत्यु भएको परिवारलाई उद्धत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको हो ।