Sunday, March 16, 2025

मोटरसाइकल दुर्घटनाका घाइतेको चार दिन पछि मृत्यु

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती भएको मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारको क्रममा चार दिन पछि मृत्यु भएको छ । 

बागमती नगरपालिका–१०, बस्ने ४० वर्षका द्रोण प्रसाद आचार्यको उपचारको क्रममा हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको हो । आचार्य फागुन १३ गते साँझ सवा सात बजेको समयमा बागमती नगरपालिका–१०, स्थित बरहथवाबाट बागमतीको सोल्टी आँउदै गर्दा दुर्घटनामा परेका थिए । आचार्य सवार ना ३१ प ५०३३ नम्बरको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको जनाएको हो । 

दुर्घटनामा परी गम्भिर घाइते उनको नगर अस्पताल बरहथवामा सामान्य उपचार पछि थप उपचारको लागि भरतपुर पुर्‍याइएको थियो । भरतपुरबाट थप उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा ज्यान गएको पारिवारिक श्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको हो । मोटरसाइकलको पछाडि सवार सोही स्थानका ४० वर्षका अशेष महतोको ढाडमा सामान्य चोट लागेको र बरहथवा नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles