बलरा–सर्लाहीको बलरामा अनियन्त्रित स्कारपियोको ठक्करबाट एक जना बालकको ज्यान जानुका साथै तीन जना गम्भिर घाइते भएका छन ।
शनिबार राती बलरा नगरपालिका–८, बालुवाभार भन्ने स्थानमा बिआर ३० एई २४९० नम्बरको स्कारपियोले सडक किनारमा रोकी राखेको बिआर ०६ पिइ २८२० नम्बरको जिपलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर अनियन्त्रित स्कारपियोको ठक्करबाट भारतको सीतामाढी जिल्ला थाना बैरगनिया नन्दबारा ग्रामपञ्चायत घर भएका रामेश्वर साहको छोरा बर्ष ५ को पीयूष कुमार साहको मृत्यु भएको हो ।
बालक मामा घर बलरा आएका थिए । स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका गरेका हुन । उनको टाउको लगाएत शरीरको विभिन्न भागमा चोट लागेको थियो । सोही दुर्घटनमा बलरा नगरपालिका–८, निवासी महेश साहको छोरी ५ वर्ष की छोरी आशीका कुमारी, ६५ वर्षका सुनिलाल महतो र ४० वर्षकी लिला देवी घाइते हुनुभएको छ ।
उहाँहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न स्कारपियोका चालक घटना लगतै फरार रहेको र खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता राईले बताउनु भयो । बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।